उपप्रधानमन्त्रीद्धारा कोभिड १९ ट्रेसिङ एपको औपचारिक सुरुवात
काठमाडौँ। कोभिड–१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर सिसीएमसीओपिसी को औपचारिक एप कोभिड एनपीको शुरुआत गरिएको छ।
सूचना तथा प्रविधिका क्षेत्रमा कामगर्दै आएको आईमार्क प्रलिले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निशुल्क तयार पारेको एपको उपप्रधानमन्त्रीले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका हुन्।
आफ्नो मोबाइलमा कोभिड एनपीएप डाउनलोड गरे पछि पोखरेलले एपको अपडेटेड भर्सन रिलिजगर्ने बटन दबाएर औपचारिक सुरुवात गरेका हुन्। सम्भावित बिरामीको पहिचानगरी समयमा स्वास्थ्य परामर्शलगायत थपउपचारको व्यवस्थालाई सहजबनाउने उद्देश्यले उक्त एप प्रयोगमा ल्याइएको हो।
जो कसैले पनि गूगलप्लेस्टोर तथाएप्पलको एपस्टोरबाट कोभिड एनप्पीनामको उक्त एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। गूगलप्लेमाअहिले नै उपलब्ध भैसकेको उक्त एप एप्पलको एप स्टोरमा केहीदिनमा उपलब्ध हुने जानकारी कार्यक्रममा दिइएको छ।
यो एपबाट कोभिड १९ रोगका लक्षण, संक्रमणमणबाट जोगिन अपनाउनु पर्ने सतर्कता, स्वास्थ्य परीक्षणलगायतका विषयमा विस्तृत जानकारी प्राप्त हुनेछ।