वियोन्सेको म्युजिकल टुर, दर्शकलाई टिकट पाउनै कठिन

लस एन्जल्स । हलिउड पप सुपरस्टार बियोन्से विश्वव्यापी म्युजिकल टुरमा निस्किँदै छिन् । आगामी १० मेबाट हुने उनको म्यजिककल टुरका क्रममा मे १७ मा यूकेको कार्डिफमा कार्यक्रम गर्दैछिन् । उनले ७ वर्षपछि युकेमा प्रस्तुती दिन लागेकी हुन् ।

सन् २०१६ पछि आफ्नो प्रिय गायिकालाई नजिकैबाट हेर्दै गीतमा झुम्न चाहने दर्शकका लागि भने कार्यक्रमको टिकट टाउको दुखाइको बनेको छ । किनकि, बियोन्सेका फ्यानले कार्यक्रमको अग्रिम टिकट पाएका छैनन् । टिकट बिक्रीको जिम्मा लिएको ‘टिकटमास्टर’को वेबसाइटमा समस्या उत्पन्न भएको छ ।

टिकट लिन चाहने दर्शकको अभूतपूर्व ट्राफिकका कारण वेबसाइटमा प्राविधिक समस्या देखापरेको जनाइएको छ । यद्यपि, कम्पनीले उत्तर अमेरिकाको टुरका लागि भने टिकट लिने प्रक्रियामा हेरफेर गरेको बीबीसीले जनाएको छ ।

बियोन्सेले कार्डिफसँगै एडिनवर्ग, सन्डरल्यान्ड र लन्डनमा मे र जुनमा कार्यक्रम गर्दैछिन् । टिकटको माग बढेपछि लन्डनमा तीनवटा कार्यक्रम थपिएको समाचारमा बताइएको छ । मे १० मा स्विडेन पुग्नै गायिकाले बेल्जियमको ब्रसेल्समा कार्यक्रम गरी यूके पुग्नेछन् ।

यस्तै, मे २० मा एडिनबर्गको मुरेफिल्डमा, मे २३ मा सन्डरल्यान्डको ‘स्टेडियम अफ लाइट’मा र लन्डनको टोटनहाम हटस्पर स्टेडियममा मे २९ र ३० मा वियोन्सेले आफ्नो प्रस्तुति दिने भएकी छन् ।

टिकट लिन चाहनेको संख्या निकै बढेपछि टोटनहाम हटस्पर स्टेडियममा जुन १, ३ र ४ मा गरी तीनवटा कार्यक्रम थपिएको बीबीसीको समाचारमा उल्लेख छ । युकेपछि वियोन्सले फ्रान्स, स्पेन, नेदरल्यान्ड्स, जर्मनी, पोल्यान्ड, क्यानडा र अमेरिकाका विभिन्न सहरमा कार्यक्रम गर्ने तय भएको छ ।

‘रेनेसाँस’ नाम दिइएको कन्सर्टको टिकटको मूल्य ५६ देखि २५२ पाउन्ड तोकिएको छ । भीआईपी प्याकेजका लागि भने कम्तीमा २ हजार ३ सय राखिएको छ । बिलबोर्ड म्यागेजिनले ५ महिने कार्यक्रमबाट वियोन्सेले २७ करोड ५० लाख अमेरिकी डलर कमाउने अनुमान गरेको छ ।

४१ वर्षीया गायिकाले सोमबारमात्रै सबैभन्दा धेरै ग्रामी अवार्ड जित्ने कीर्तिमान कायम गरेकी छन् । ६५ औं संस्करणको अवार्डमा बियोन्सेले ३२औँ ट्रफी उचाल्दै यस्तो रेकर्ड बनाएकी हुन् । वियोन्सेले भनेकी छन्, ‘म आज धेरै भावुक नहुने प्रयासमा छु ।’ ९ विधामा मनोनीत भएकी उनले ४ अवार्ड उचाल्न सफल भएकी हुन् ।


ताजा समाचार