यति एयरलाइन्स (9N-ANC) विमान दुर्घटना अनुसन्धान आयोगले तयार गरेको प्रारम्भिक दुर्घटना अनुसन्धान प्रतिवेदन

यति एयरलाइन्स (9N-ANC) विमान दुर्घटना अनुसन्धान आयोगले तयार गरेको प्रारम्भिक दुर्घटना अनुसन्धान 
प्रतिवेदन:

दुर्घटना हुनु अगाडिको १ मिनेट:

१०:५६:२७ बजे- पाइलट (त्यो समय अन्जु खतिवडा) ले अटोपाइलट अफ गरेर फ्ल्याप्स ३० गर्न खोजेको तर फ्ल्याप्सको कुनै Movement नदेखिएको।
१०:५६:३६ बजे- इन्जिनका प्रोपेलर फेदरिङ (ब्लेडहरु छड्के नभई सिधा अवस्थामै रहेको)।
१०:५६:५० बजे- विमान ५०० फिटको उचाइमा पुगेको र विमानको अधिकतम Bank Angle ३० डिग्रीमा पुगेको।
१०:५७:०७ बजे- ATC ले Landing Clearance दिएको तर पाइलटले दुईपटक इन्जिनबाट पावर नआएको बताएको।
१०:५७:१८ बजे- खतराको संकेत प्राप्तपछि को-पाइलट अन्जु खतिवडाले क्याप्टेन कमल केसीलाई नै पाइलटको जिम्मेवारी सुम्पिएको।
१०:५७:२० बजे- पाइलट कमल केसीले पनि इन्जिनबाट पावर नआएको कुरा दोहोर्याएको।
१०:५७:२४ बजे- विमानको Angle of Attack (AoA) अधिकतम् भइसकेको चेतावनी आएको।
१०:५७:२६ बजे- विमान देब्रेतिर ढल्किँदै गएपछि पुनः चेतावनी आएको।
१०:५७:३२ बजे- विमान जमिनमा ठोक्किएको आवाज आएको।
१०:५७:३३ बजे- फ्लाईट डाटा रेकर्डर (FDR) ले रेकर्डिङ बन्द गरेको।
१०:५७:३५ बजे- ककपिट भ्वाइस रेकर्डर (CVR) ले पनि रेकर्डिङ बन्द गरेको।
 यस प्रारम्भिक प्रतिवेदनको रिपोर्ट अनुसन्धान अघि बढ्दै जाँदा परिवर्तन हुन सक्छ।

ताजा समाचार