उपसभामुखमा कांग्रेसले चित्रलेखा यादवलाई उम्मेदवार बनाउने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभामुखमा उम्मेदवारी नदिने मनसायमा देखिएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा अग्नि सापकोटालाई अगाडि सारेको छ। सापकोटाको प्रतिद्वन्द्वीका रूपमा काँग्रेसले उम्मेदवारी नदिने भएको हो।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘सभामुख र उपसभामुख दुईवटा फरक दलको र फरक लिङ्गको हुनुपर्छ। सत्तारुढ नेकपाले सभामुखमा उम्मेदवारी दियो भने उपसभामुखमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिँदा सहज हुन्छ।’

सभामुख र उपसभामुखमा एउटै पार्टीबाट उम्मेदवारी दिन नमिल्ने संवैधानिक प्रावधान अनुसार काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिने उनले बताए। यद्यपि संसदीय दलले ठोस निर्णय भने लिई नसकेको उनको भनाइ थियो। स्रोतका अनुसार चित्रलेखा यादवलाई उपसभामुखका रूपमा काँग्रेसले उम्मेदवार बनाउने तयारी गरेको छ।


ताजा समाचार