सरकारी कर्मचारीका फोनमा टिकटक चलाउन प्रतिबन्ध !

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ ।

अमेरिकापछि डेनमार्ककेा रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन नाटोको सदस्य रहेको डेनमार्कले साइबर सुरक्षाको कारण देखाउँदै टिकटकमाथि यस्तो कदम उठाएको हो ।

डेनमार्क सरकारले टिकटक एपको सुरक्षा र डाटाको गोपनीयताका विषयमा पनि चिन्ता व्यक्त गरेको छ ।

स्मरण रहोस् यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले सरकारी उपकरणहरुमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कर्मचारीलाई टिकटक हटाउन आदेश

डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई आफ्नो फोनबाट टिकटक हटाउन पनि आदेश दिएको छ ।

आधिकारिक युनिटहरुमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको मन्त्रालयले जनाएको छ । त्यसैले कुनै आधिकारिक उपकरण वा सरकारी काममा समेत प्रयोग हुने फोनहरुमा टिकटक एप इन्स्टल गरेको भए तत्कालै अनइन्स्टल गर्न रक्षा मन्त्रालयले कर्मचारीहरुलाई निर्देशन दिएको छ।

एक विज्ञप्तिमा रक्षा मन्त्रालयले भनेको छ कि स्केन्डेनिभियाली देशको साइबर सुरक्षा केन्द्रको आँकलन अनुसार यो एपले डिभाइसहरुमा विभिन्न खाले अधिकार तथा पहुँचका लागि अनुरोध गर्दछ जसबाट जासुसीकेा खतरा रहेको  ।

गत महिनामात्रै डेनमार्कको संसदले सांसद तथा कर्मचारीहरुलाई जासुसीको जोखिमबाट बचाउनका लागि फोनबाट टिकटक हटाउन आग्रह गरेको थियो।

अमेरिकाले हालै सरकारी स्वामित्वका सबै ग्याजेटमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

राष्ट्रिय सुरक्षाको हवाला दिँदै अमेरिकाको सिनेटले यस विषयमा एक विधयेक पनि पारित गरेको छ । उक्त विधयेकमा सरकारी कर्मचारीहरु तथा सरकारी ग्याजेटहरुमा टिकटक प्रयोगमािथ प्रतिबन्ध लगाउने उल्लेख छ ।

एजेन्सी


ताजा समाचार