राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति भण्डारीसमक्ष पेस गरिने

काठमाडौँ। राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिने भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगले माघ १६ गतेको निर्णय अनुसार बिहीबार राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमार्फत छ।

निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए। निर्वाचनमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।


ताजा समाचार