अभिनेत्री साम्राज्ञी शाह बिदा मनाउन थाइल्याण्डको राजधानी बैंककमा हट साम्राज्ञी (तस्वीरहरु)

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह बिदा मनाउन यतिबेला थाइल्याण्डको राजधानी बैंककमा छिन् । केही दिनदेखि उनी थाइल्याण्डका आकर्षक समुन्द्री टापुहरुमा रमाउँदैछिन् । उनले क्रुजदेखि घुमघामका आकर्षक तस्वीर इन्स्टाग्राममा सेयर गरेकी छन् ।
संसारका विभिन्न थरी परिकार पाइने चर्चित चाइना टाउनदेखि फिफी टापुमा क्रुज यात्रा गरेको मुडमा उनी छिन् । विकिनी पहिरनमा उनी हट देखिएकी छन् । लगातार बैंकक घुमघामका तस्वीर सेयर गरिरहेकी साम्राज्ञीले थाइल्याण्ड भ्रमणबारे विस्तृत खुलाएकी छैनन् । उनको बैंकक भ्रमण विशुद्ध छुट्टी मनाउने जस्तो देखिन्छ । उनको तस्वीरमा पोस्ट गर्दै फ्यानले प्रतिक्रिया दिइरहेका छन् ।