जीवन पन्तलाई ‘सर्वोत्कृष्ट दशक लोक गीत’ विद्याको अवार्ड

काठमाडौँ। लोकप्रिय गायिका विष्णु माझी र गायक जीवन पन्तको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘चाहिने जो’ बोलको गीत दशकै उत्कृष्ट गीत घोषित भएको छ।

नेपाल संगीत उद्योग संघको आयोजनामा आइतबार साँझ राजधानीमा सम्पन्न भएको ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ मा उक्त गीत दशकै उत्कृष्ट गीत बनेको हो। उक्त गीतका गायक पन्तलाई सर्वोत्कृष्ट दशक लोक गीत विधाको अवार्डबाट सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

त्यस्तै विमला आठ पहारीया राईको ‘मंसिर महिना’, रेशम सापकोटाको ड्रराइभर दाई मन पर्यो मलाई’, खर्क बहादुर बुढाको सोल्टिनीको रातो पछ्यौरी र जीत सागर रावतको मैयालाई बोलाउँदै’ बोलका गीतहरू दशका उत्कृष्ट गीत घोषित भएका छन्।

नारायण कँडेलको शब्द रचना तथा जीवन पन्तको संगीतमा रहेको गीत पछिल्लो समय टिकटमा पनि भाइरल बनेको छ।

भिडियो हेर्नुहोस्


ताजा समाचार