हालसम्म टुंगिएका मन्त्रालय र मन्त्रीको विवरण

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् ।

केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल रहेकाले अन्तिम रुप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ ।  प्रचण्डको सचिवालय स्रोतका अनुसार कांग्रेसबाट चार जनाको नाम फाइनल भएको छ । जसमा पूर्णबहादुर खड्का  उपप्रधान तथा रक्षा मन्त्री  बन्ने भएका छन् भने प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।

यस्तै रमेश रिजाल  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बन्ने भएकी छन् ।  यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ  उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुनेछिन् ।
यस्तै सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल –  कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेछन् ।  यस्तै जसपाबाट अकोश राई  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

यस्तै नाउपाबाट रञ्जिता श्रेष्ठ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका छन् ।  यस्तै अब्दुल खान  खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम हुनेछन् । उनी जनमतबाट यसअघि नै मन्त्री बनेका हुन् ।


ताजा समाचार