लकडाउन खुकुलो पार्न समन्वय समितिलाई मन्त्रीपरिषदको निर्देशन

काठमाडौँ। लकडाउनलाई खुकुलो पार्दै कोरोना भाइरसँग कसरी लड्ने भन्ने योजना ल्याउन मन्त्रिपरिषद्ले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको छ।

लकडाउनको ७३ दिन भइसक्दा पनि सरकारले जनताको दैनिकी सहज हुने कुनै निर्णय नगरेको भन्दै आलोचना एवं लकडाउनको अवज्ञा गर्ने स्वर बढिरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकले राहत तथा लकडाउन खुकुलो पार्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले लकडाउन खुकुलो कसरी पार्ने र विदेशबाट आउन चाहने नेपालीलाई कसरी ल्याउने तथा ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरेको एक मन्त्रीले जानकारी दिए।

औपचारिक रूपमा मन्त्रिपरिषद्का सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं निर्णय संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिने बताउँदै ती मन्त्रीले मन्त्रिपरिषद्‍मा भएका छलफलबारे भने, मन्त्रालयहरूका नियमित एजेन्डाका साथै लकडाउनका विषयमा छलफल भयो। विशेष गरेर बाहिरबाट आउँछु भन्नेहरूलाई कसरी ल्याउने र कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो। यो विषयमा ठोस निर्णय भने नभएको ती मन्त्रीको भनाइ थियो।


ताजा समाचार