हरिप्रिया फाउण्डेशनद्वारा सौन्दर्य सामाग्रीको राहत वितरण
काठमाडौँ। हरिप्रिया (प्रकाश) फाउन्डेशनबाट ११ सय नागरिकलाई निः शुल्क सौन्दर्य सामाग्री राहत वितरण गरिएको छ।
सामाजिक अभियन्ता क्षितिज भण्डारीले आज अनामनगर र घट्टेकुलो चौकमा ६ सय जनालाई सौन्दर्य सामाग्री वितरण गरेका हुन्। भण्डारीकाअनुसार १० हजार नागरिकलाई लाखौंको राहत बाँडन सस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा हरेक बर्ष २० लाख बाराबरको सहयोग वितरण गर्दै आएको जानकारी दिए।
लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गर्नुभए कि स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार थिए। सामाजिक अभिन्ता युवानेता भण्डारीको अनुसार सौन्दर्य सामाग्रीको कार्यक्रममा हिमालयको फेसवास, लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज को तेल, सनसिल्क सैम्फु, मास्क, सेनेटाईजर, मोबाइल रिचार्ज कार्ड, एम ९५ मास्क र पन्जा ११ सय नागरिकलाई वितरण गरिएको बताए।
भण्डारीकाअनुसार झण्डै ७ लाखको खाद्यान्न र नगद सहयोग वितरणपछि नागरिकमा कोरोनाको मनोबैज्ञानिक त्रास हटाउन मन र शरिरको सुन्दरतालाई निरोगी हुँदै मन्जनदेखि नुहाउने साबुन, सैम्पु, फेसवास, तेल, क्रीम र ब्लेड (रेजर आदि सौर्न्दर्य सामग्री नै चाहिने हुनाले आत्मबिश्वास बढाउदै लक डाउन र आर्थिक बिपत्तिमा यी सामाग्री बितरण गरिएको बताउँछन्।
सोहि वार्डका प्रतिनिधि सुशीला ढकालकाअनुसार यो कार्यक्रममा हुनेखानेले मात्र होईन आम नागरिक र उपत्यकामा देशको विभिन्न जिल्लाबाट शिक्षा र रोजगारीको लागि आएका तरुण विद्यार्थीहरुको सरसफाई र सुन्दरताको अधिकार रक्षा अनुहारमा खुसीको मुस्कान ल्याउन फरक खाले सौन्दर्य सामाग्री बितरणकोमा पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिँह र माननीय दीपेन्द्र श्रेष्ठले शुभकामना पठाएको बताए।
त्रिबेणि युवा क्लबका अध्यक्ष विन्देश खनाल र सचिव ज्ञानबहादुर श्रेष्ठकोबाट प्याकेटमा पौष्टिक खाना समेत सामाजिक दूरिसहित ११ सय जनालाई बितरण गरिएको महनगरपालिका प्रतिनिधि अर्जुन श्रेष्ठले बताए।
तस्बिरः मुकुन्द कालिकोटे