ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाडौं । नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्का प्रहार गरे। ३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन् ।

कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्।

सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् ।

ताजा समाचार