ओमानमाथि नेपालको कीर्तिमान विजयी
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।
नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।