कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, १०६ जना संक्रमित

 काठमाडौ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।


ताजा समाचार