सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेका एकको मृत्यु

काठमाडौँ। संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् ।

कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले भविनको मृत्यु भएको पुष्टि गरे । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको डीआईजी बास्तोलाले जानकारी दिए ।

 पाइलट सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई काठमाडौँ ल्याएपनि अर्का सामान्य घाइते भएका विक्रम शंकरको भने खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ताजा समाचार