कामीरिता २७औं पटक सगरमाथा शिखरमा

काठमाडौँ। कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईंले दिएको जानकारी अनुसार शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। ‘एक जना विदेशी क्लाइन्टलाई लिएर उहाँ आज बिहान सगरमाथा शिखरमा पुग्नुभएको छ’, उनले भने।

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन्। आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन्।

उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन्। सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पाले १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।


ताजा समाचार