करोडौं ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

काठमाडौँ। करोडौं ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले केही दिनअघि गुरुङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो । पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परीसरका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

मुद्दा परेकाले आफ्नो सम्पूर्ण सम्पत्ति रोक्का भएको भन्दै उनले पटक(पटक गरी सुरेश केसीसँग नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन लिएको प्रहरीको भनाइ छ । त्यस्तै २०७४ सालको असोज महिनामा देउबहादुर गुरुङसँग ३० लाख रुपैयाँ लिएको पनि प्रहरीले जनाएको छ । त्यस्तै गाडी बिक्री गर्न २० लाख चाहिने भन्दै सरिता गुरुङसँग २० लाख रुपैयाँ लिएको पनि पीडितले उजुरीमा उल्लेख गरिएको प्रहरीद्ये जनाएको छ । प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

गुरुङ गत प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली(१ बाट उम्मेदवारको दाबेदार भए पनि कांग्रेसले श्यामकुमार घिमिरेलाई टिकट दिएको थियो । त्यस्तै गुरुङले अखिल नेपाल फुटबल संघ९एन्फा० को गत असारमा भएको निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । तर पछि उनले उम्मेदवारी फिर्ता लिए । उनले ुहाम्रो नेपालु नामक फुटबल समर्थक संस्था पनि चलाउँछन् ।


ताजा समाचार