भारत च्याम्पियन बन्दा नेपाल तेस्रो
काठमाडौँ। एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
भारतले आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा कजाकस्तानलाई हराउँदै उपाधि चुमेको हो ।
एकपक्षीय फाइनल खेलमा भारतले कजाकस्तानलाई ३—० सेटले पराजित गर्यो । फाइनल खेलमा भारत २५—१५, २५—२२, २५—१८ अंकले विजयी भयो । प्रतियोगितामा नेपाल तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार नै भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले हराएको थियो ।