प्रतिनिधिसभामा आर्थिक विधेयक प्रस्तुत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० प्रस्तुत भएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक प्रस्तुत गरेका हुन् । आजै यसअघिको बैठकमा अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गरेका थिए  ।

साथै, बैठकमा उनले बजेटको प्रति टेबल गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।


ताजा समाचार