गोरखाको चिलिङकोटमा गाडी दुर्घटना

काठमाडौँ। गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित चिलिङकोटमा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा परेको बताइएको छ । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ ।’

राति एक बजे गाडी दुर्घटनामा परेको थियो ।


ताजा समाचार