झलनाथको प्रश्न: साढे ८ हजार चर्च कसरी बने?

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको बताएका छन्।

शुक्रबार एकीकृत समाजवादी सम्पर्क विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन भइरहेको समेत बताए। उनले धर्म परिवर्तन कसले गराउँदैछ?भन्दै प्रश्नसमेत गरे।

‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ। गाउँगाउँमा, वार्डवार्डमा चर्चहरु ठडिएका छन्। यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने?’ नेता खनालले भने, ‘साढे ८ हजार चर्च कसरी बने?अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ। तर, क्रिश्चियनलाई किन खोई भनेर।’अमेरिकी विदेश मन्त्रालयको पछिल्लो रिपोर्टले नेपाललाई धार्मिक युद्धमा फसाउन खोजेको समेत उनले आरोप लगाए।


ताजा समाचार