तीन दिने फोटो पत्रकारिता तालिम शुरु

काठमाडौँ। नेपाल पर्यटन बोर्ड। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा तीन दिने फोटोपत्रकारिता तालिम सुरु भएको छ।

नेपाल पर्यटन बोडमा मंगलबारदेखि पत्रकारका लागि तीन दिने फोटोपत्रकारिता तालीम शुरु भएको हो। विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारहरुको सहभागिता रहेका छन्। तालीममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताबारे समेत प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

त्यस्तै तालीममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रर्वद्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने अपेक्षा गरेको बताए। जीविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जीवीकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसँगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्यले यस प्रकारको तालीम आयोजना गरिएको बताए।

तालीमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टीपी भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहीतालगायतका विषयमा बारेमा प्रशिक्षण दिएका छन्।

यस्तै अर्का प्रशिक्षक किशोर श्रेष्ठले क्यामेराको संचालन, फोटोको महत्व यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिएका छन्। सहभागीलाई बधवार सुन्धारा, बुन्तपुर, रानी पोखरी लगायतका स्थानमा प्रयोगात्मक कक्षा सञ्चालन गरिने एनएफपीजेका सदस्य तथगा तालीम संयोजक प्रदीप कुमार श्रेष्ठले जानकारी दिएका छन्।

तस्बिरः मुकुन्द कालिकोटे


ताजा समाचार