पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौँ। पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने विश्वकपका लागि टोली पठाउने पुष्टि गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको अवस्थाले आफ्नो अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी दायित्वहरू पूरा गर्ने बाटोमा आउनु हुँदैन भन्ने विश्वास गर्ने बताएको हो।

तर, परराष्ट्र मन्त्रालयले पनि टोलीको सुरक्षामा चासो व्यक्त गरेको छ। विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तान आफ्नो क्रिकेट टोलीको सुरक्षालाई लिएर गहिरो चिन्तित छ। हामीले यी चिन्ताहरू अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र भारतीय अधिकारीहरूलाई पठाइरहेका छौँ। भारत भ्रमणका क्रममा पाकिस्तानी क्रिकेट टोलीको पूर्ण सुरक्षा सुनिश्चित गरिने छ।’

एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ। ४६ दिने प्रतियोगितामा १० सहरमा खेल हुनेछन्।


ताजा समाचार