नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी: उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन्।

बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताए। उनले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताए।

अध्यक्ष यादवले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताए । उनले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हितलाई समेटेर अघि बढ्न जरुरी रहेको बताए । नेपालका नागरिकहरु भारत गएपछि फर्किँदा र भारतका नागरिक नेपालबाट फर्किँदा समस्या झेल्नुपरेको भन्दै उनले त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताए ।


ताजा समाचार