बङ्गलादेश स् रोहिङ्ग्या शरणार्थी शिबिरमा आगलागी हुँदा हजारौं आश्रयविहीन

बङ्गलादेशको शिविरमा भएको आगलागीका कारण करिब ८०० घर जलेर नष्ट भएपछि बङ्गलादेशमा रहेका करिब चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन् ।बङ्गलादेशमा करिब १० लाख रोहिङ्ग्याहरू बसोबास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसङ्ख्यकहरूमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए ।

शरणार्थी आयुक्त मिजानुर रहमानका अनुसार आइतबार बिहान देशको दक्षिणपूर्वमा रहेको एक शिविरमा बाँस र त्रिपालले भरिएको कम्प्लेक्समा आगलागी भएको हो । रहमानले भने, “कम्तीमा ७११ आश्रयस्थल पूर्ण रुपमा जलेका छन् भने ६३ वटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

आगलागीका कारण चार हजार मानिस घरबारविहीन भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको उनले बताए । उनले भने, “यो आगजनी हो । हामीले आगलागीको अनुसन्धान गर्न आदेश दिएका छौँ ।”

‘भीषण आगलागीले धेरै शरणार्थी आश्रयस्थलमा क्षति पु¥याएको’ र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय 9यूएनएचसीआर) ले ‘प्रभावित मानिसहरूलाई सहयोग गरिरहेको’ बताएको छ ।विशेषगरी नोभेम्बरदेखि अप्रिलसम्म सुख्खा याममा बङ्गलादेशका दर्जनौं रोहिङ्ग्या शरणार्थी शिविरमा डढेलो पनि लाग्ने गरेको छ । तर धेरै शिविरहरू प्रतिद्वन्द्वी रोहिङ्ग्या समूहहरूबीचको हिंसाबाट पनि प्रभावित छन् ।प्रहरीका अनुसार शिविरमा गत वर्ष ६० भन्दा बढी शरणार्थीको मृत्यु भएको थियो र यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो ।

सन् २०२३ को मार्चमा विश्वकै सबैभन्दा ठूलो शरणार्थी बस्तीमध्येको एक कुटुपालोङ शिविरमा आगलागी हुँदा दुई हजार भन्दा बढी टहरा जलेर नष्ट भएका थिए ।दुई वर्षअघि सोही शिविरमा भएको आगलागीमा परी कम्तीमा १५ रोहिङ्ग्याको मृत्यु भएको थियो भने अन्य ५० हजार शरणार्थी घरबारविहीन भएका थिए ।


ताजा समाचार