आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ ।

कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेको छ । पछिल्लो खेलमा ६ विकेटको जित दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,

बेन्च: आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी


ताजा समाचार