आयरल्याण्ड ‘ए’ लाई दियो नेपालले १९९ रनको लक्ष्य

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको ए टिमलाई नेपालले दोस्रो टी २० खेलमा १९९ रनको चुनौती पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन जोडे । ३२ बलको सामना गरेका गुल्सनले ४ छक्का र १ चौका हिर्काउँदान अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके ।

त्यस्तै कुशल मल्लले आक्रामक पाली खेल्दै ३४ रन थपे । उनले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले २५ रन जोडेको खेलमा आसिफ शेखले ११ रन थपे । कप्तान रोहित पौडेलले ३३ रन थपेको खेलमा विवेक यादवले ७ र सन्दीज जोराले २१ रन जोडे ।


ताजा समाचार