भारतले म्यानमारसँगको सीमामा बार लगाउन ३।७ अर्ब डलर खर्चिने
भारतले म्यानमारसँगको सीमामा बार लगाउन ३।७ अर्ब डलर खर्च गर्ने भएको छ। यी दुई मुलुकबीच १ हजार ६१० किमि लामो सीमा छ।
एक दशकभित्र बार लगाइसक्ने तयारी रहेको स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाएको छ।
यसै वर्षको सुरुमा भारतले म्यानमारसँगको सीमामा बार लगाउने घोषणा गरेको थियो। यससँगै दशकौँदेखि कायम रहेको बिनाभिसा आवातजावतको नीति अन्त्य भएको थियो।
भारतीय अधिकारीहरुले सीमाक्षेत्रमा बारसँगै सडक पनि बनाउने र सीमासम्म पुग्ने फिडर सडक पनि बनाइने बताएका छन्।
बार र सँगैको सडक निर्माणका लागि प्रतिकिलोमिटर १२।५ करोड रुपैयाँ लाग्ने बताइएको छ। एजेन्सी