एसइई परीक्षा दिँदै विद्यार्थी (तस्बिर)

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ । यसअघि एसएलसीका नामले परिचित उक्त परीक्षालाई अझ विद्यार्थी तर्साउन ‘फलामे ढोका’ को उपमा दिइने गरिएको थियो ।

यही फलामे ढोका तोड्नका लागि विद्यार्थी, अभिभावक र शिक्षकसमेतले मिलेमतोमा जोडतोडले बल लगाउने गरेका थिए । तर एसईई नामाकरण भएसँगै ग्रेडिङमा परिणाम आउँदा विद्यार्थीलाई केही राहत प्रदान गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार ६४ परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चालन गरेको छ । यसपटकको एसईई परीक्षामा देशभरका १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएका छन् ।


ताजा समाचार