आईपीएल : आज लखनउ सुपर जाइन्ट्स र पञ्जाब किंग्सबिच खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइन्ट्स र पञ्जाब किंग्सबिच खेल हुँदैछ । लिग चरणको ११ औँ खेल लखनउको घरेलु मैदान अटल बिहाजी वाजपेयी स्टेडियममा हुनेछ ।

लखनउ आफ्नो पहिलो जितको पर्खाइमा छ जबकि पञ्जाबले दुई खेलमध्ये एक जितेको छ र एकमा हार बेहोरेको छ। गत वर्ष आईपीएलमा दुवै टोली अन्तिम पटक भिड्दा लखनउले २० ओभरमा २ सय ५७ रन बनाएको थियो । तर, लखनउमा भएको खेलमा भने पञ्जाबले जित हात पारेको थियो ।


ताजा समाचार