संसद अवरूद्ध गर्न चाहन्नौं तर बाध्य हुन सक्छौं : कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए संसद अवरूद्ध गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा सरकारको मन्त्री नै आरोपित रहेकाले त्यसको छानबिनका लागि संसदीय समिति बनाउने विषयलाई कांग्रेसले गम्भीरतापूर्वक माग राख्दै आएपनि सरकारले सुनुवाइ नगरेका कारण वाध्य भएर संसद अवरूद्ध गर्ने अवस्था आउनसक्ने बताएका  हुन्।


ताजा समाचार