कर्णाली र सुदूरपश्चिममा राजनीतिक ‘महाजात्रा’

काठमाडौँ। देशभरका सिनेमा हलहरुमा सानदार ढंगले चलिरहेको नेपाली चलचित्र ुमहाजात्राुले दर्शकहरुलाई हँसाइरहेको छ।

राजनीतिक आडमा मौलाएको जात्रा चलचित्र दर्शकलाई मनोरञ्जन दिन सफल भइरहेको छ। तर, यही बेला कर्णाली र सुदूरपश्चिम प्रदेशमा भइरहेको सत्ता लुछाचुँडीले राजनीतिक दुनियाँलाई हसाइरहेको छ। जसले दलहरुभित्रको सत्ता मोहलाई उदांगो बनाइरहेको छ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनको बेवास्ता गरेका छन्। सहमतिअनुसार कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिनुपर्ने सहमति भएपनि शर्माले राजीनामा दिन अस्वीकार गर्दै विश्वासको मत लिने अडान लिएका छन्।

केन्द्रमा भएको सहमतिअनुसार एमालेलाई मुख्यमन्त्री पद छाड्न नमानेपछि सोमबार विश्वासको मत लिने प्रक्रिया प्रदेशसभामा स्थगित भएको छ। मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने अडान कायम राखेका छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।


ताजा समाचार