आज राति १२ बजेबाट हिँउदे अधिवेशन अन्त्य हुन्छ : सभामुख देवराज घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले संघीय संसदको हिँउदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने बताएका छन्।

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले दुवै सदनको चालु अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुने संसदलाई जानकारी गराए।

‘मन्त्रिपरिषदको २०८०-१२-३० को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन वैशाख २ गते आइतबार राति १२ बजेबाट अन्त्य गरेको छु,’ राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने।

राष्ट्रपतिको पत्र अनुसार राति १२ बजेबाट अधिवेशन अन्त्य हुने उनले बताए।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले जरुरी विषयमा मात्रै संसदमा पेस गर्नेगरी सहमति भएको थियो। सोही अनुसार सभामुख घिमिरेले विपक्षी दलहरूलाई समेत विरोध नगर्न आग्रह गरेका थिए।


ताजा समाचार