सुदूरपश्चिममा भारी हिमपात, ७ जिल्लाको राजमार्ग अवरुद्ध

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात भएपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। हिमपातले पहाडी साता जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दर्चुला, बझाङको सडक अवरुद्ध भएका छन्।

डडेल्धुराको भीमदत्त राजमार्ग अन्र्तगत सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्डे, मेलखर्क, डोटीको गैर, घण्टेश्वर लगायतका स्थानमा भारी हिमपतालका कारण यात्रु अलपत्र रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले बताएका छन्।

उनका अनुसार बुधबार राति हिमपताल सुरु हुनुभन्दा पहिले नै यातायातका साधनहरू सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटलमा बास भएको स्थानमै राकिए पनि केही सवारी सधान अगाडि गएकाले अफ्ठ्यारोमा परेका छन्।


ताजा समाचार