स्मिता दाहाल र दिव्य कुमारको स्वरमा रहेको गीत ‘लुकाउने ठावै छैन जाली रुमाल’ सार्वजनिक

काठमाडौं। नयाँ वर्ष २०८१ को अवसर पारेर गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको गीत ‘लुकाउने ठावै छैन जाली रुमाल’ सार्वजनिक भएको छ।

उक्त गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज छ भने गम्भीर विष्टको निर्देशनमा भिडियो तयार पारिएको छ । त्यसैगरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय रहेको छ । आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत गीत सार्वजनिक गरिएको छ ।

https://youtu.be/m7rPwvRWCso


ताजा समाचार