कतारी राजा नेपालमा : विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थानीलाई भव्य स्वागत गरियो ।
कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थल पुगेका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र केही मन्त्रीहरूको पनि विमानस्थलमा उपस्थिति थियो ।
नेपाली सेनाले राजा थानीलाई सलामी अर्पण गर्नुका साथै गार्ड अफ अनर पनि प्रदान गरेको थियो ।