प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण

तस्बिर मुकुन्द कालिकोटे

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्। सोही अवसरमा प्रतिष्ठानले निर्माण गरी कार्यान्वयनमा ल्याइएको नेपाली बृहत् शब्दकोशको मोबाइल एप पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको थियो। रासस


ताजा समाचार