वेस्टइन्डिज ‘ए’ ले दियो नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौं। वेष्ट इन्डिज ए ले दोस्रो टी–२० खेलमा नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको छ । वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्का सहित सर्वाधिक ४३ रन बनाए ।

गुडकेश मोतिलले ८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै उल्लेखनीय ३३ रन बनाएर आउट भए भने म्याथ्यु फोर्डले ६ बलमा १ छक्का सहित ११ रन बनाए ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोन्सन चार्ल्सलाई ११ रन र एलेक एथेनाजेलाई ६ रनमा आउट गरे । त्यसपछि वेस्ट इन्डिजले आक्रामक खेल्न सकेन । वेस्ट इन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनरको सदुपयोग गरेको थियो ।

रोस्टन चेजले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन, केसरिक विलियम्सले १०, किमानी मेलियसले ८ र हेडेन वाल्शले ९ रन बनाए । वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ४१ रन जोड्यो।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए भने कुशल भुर्तेलले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले पाँच खेलपछि १९० रनको अग्रता बनाएको थियो । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।


ताजा समाचार