बझाङमा एमाले उम्मेदवारलाई ६७७ मतको अग्रता

 

बझाङ । बझाङ–१ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ।

आइतबार राति साढे ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४९७ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।


ताजा समाचार