आईपीएल : आज कोलकाता र दिल्लीबिच भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ । खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । कोलकाता नाइट राइडर्सले आफ्नो नवौँ खेल खेल्न लागेको हो। दिल्ली क्यापिटल्सले भने जारी सिजनको आईपीएमा आफ्नो ११औँ खेल खेल्न लागेको हो ।

कोलकाताले यसअघि खेलिएको आफ्नो आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । कोलकाता १० अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । तालिकाको पहिलो स्थानमा राजस्थान रोयल्स छ । नौ खेल खेलेको राजस्थानले आठ जितबाट १६ अंक जोडेको छ ।

दिल्ली क्यापिटल्सले भने यसअघि खेलिको १० मध्ये पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । दिल्ली पाँच खेलबाट १० अंक बटुल्दै तालिकाको छैटौँ स्थानमा आसिन छ । दिल्लीको अगाडि बढ्ने सम्भावना कायमै छ ।

जारी सिजनको आईपीएलमा कोलकाता र दिल्लीबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा कोलकाताले दिल्लीलाई एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो । एजेन्सी


ताजा समाचार