‘पुजार सार्की’ को ‘रिमै’ गीत सार्वजनिक

काठमाडौँ। दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गरिएको ‘रिमै’ बोलको गीतमार्फत चलचित्रको थिम प्रस्तुत गर्न खोजिएको छ।

दिनेश राउतका शब्द रहेको गीतमा देवेन्द्र बराल र मुना ठटालको स्वर सुन्न सकिन्छ। यस फिल्मका निर्मातासमेत रहेका सुवास भुसालले संगीत भरेका छन्।

सार्वजनिक गीतको भिडिओमा मुख्य कलाकारहरूलाई फिचर्ड गरिएको छ। आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेमलाई देख्न सकिन्छ। पल शाहलाई पनि गीतको भिडिओमा देखिएका छन्।

यस फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा समेटिएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। पहिलोपटक आर्यन, प्रदीप र पल एकसाथ देखिँदै छन्।

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ। यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदै छ।

https://youtu.be/K0cGyaYf_Go


ताजा समाचार