आईपीएल : आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

यो सिजन हैदराबाद र राजस्थानबिचको पहिलो खेल हुनेछ । आज दुवै टोलीको यो सिजनको १० औँ खेल हुनेछ । राजस्थान अन्तिम ९ मध्ये ८ जित हात पार्दै १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । उता, हैदराबाद ९ मध्ये ५ जित हात पार्दै १० अङ्कसहित पाँचौँ स्थानमा छ । एजेन्सी


ताजा समाचार