शिक्षकलाई मासिक रुपमा तलब दिने सरकारको निर्णय
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकलाई मासिक तलब दिने निर्णय गरेको छ ।
यो घोषणा सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमको अंश हो ।
यसअघि शिक्षकहरूलाई त्रैमासिक रूपमा तलब दिइन्थ्यो।
राष्ट्रपति रामचन्द्र पौडेलले चालू आर्थिक वर्षदेखि शिक्षकलाई मासिक तलब उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिएका छन् ।