नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौँ। आन्तरिक कहलमा फसेको सत्तारुढ (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ।

दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरेको नेकपाले शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो।

त्यस्तै शुक्रबारको स्थायी समिति बैठक पनि आइतबारसम्मलाई स्थगित गर्न दुवै नेता सहमत भएका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी प्राप्त भएको छ।


ताजा समाचार