प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। संसद सुचारु गर्न सहमति खोज्नका लागि प्रचण्डले साँझ ६ बजे बैठक बोलाएको निकट स्रोतले जानकारी दिएको छ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग गर्दै आएको कांग्रेसले आज विपक्षी अन्य दलहरूसँग संयुक्त छलफल गरेको थियो। विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति गठनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेको थियो। तर, त्यसमा कुनै ठोस निचोड निस्केन।

विपक्षी दलहरू छलफलमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो। ११ बजेका लागि बोलाइएको संसद बैठक विपक्षीको आग्रहपछि २ बजेसम्मका लागि स्थगित गरिएको छ।


ताजा समाचार