‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकहरूको राम्रो साथ

बुद्धजयन्तीको अवसरमा प्रदर्शन भएका फिल्महरू ‘फर्की फर्की’ र ‘पुजार सार्की’ ले दर्शकहरूको राम्रो साथ पाएका छन्। पहिलो दिन यी दुबै फिल्ममा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

अनमोल केसी अभिनीत ‘फर्की फर्की’ ले आक्रामक ओपनिङ गरेको वितरक गोबिन्द्र शाहीले जानकारी दिए। अनमोल र जसिता गुरुङ लगायतका कलाकारहरू उपत्यकाका हलहरूमा दर्शकहरूसँग भेटघाट गर्न पुगेका थिए। अनमोलको क्रेज निकै उच्च देखिएको थियो, र उनी फ्यानहरूसँग फोटो खिच्न व्यस्त थिए।

शाहीले भने, ,पहिलो दिन ‘फर्की फर्की’ ले ब्लकबस्टर ओपनिङ गरेको छ। बिहानदेखि राति ११ बजेसम्मका सबै शो हाउसफुल थिए, जुन निकै राम्रो सुरुवात हो। कलेक्सन भने दिउँसोसम्म थाहा हुनेछ। आज पनि बिहानदेखि दर्शकहरूको उपस्थिति बाक्लो छ, जसले फिल्मको व्यापार आक्रामक हुने संकेत गर्दछ।,

सुयोग गुरुङको लेखन र निर्देशनमा बनेको ‘फर्की फर्की’ मा अनमोल र जसिता बाहेक रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, र कृष्ण मल्लको अभिनय छ। अनमोल र जसिता पहिलोपटक एकसाथ स्क्रिन सेयर गरेका छन् र टाइम लुपको कथामा आधारित यस फिल्मको निर्माता रोहित अधिकारी हुन्।

‘पुजार सार्की’ को बिहीबारका शोहरू हाउसफुल भएको वितरक रोहित कट्टेलले जानकारी दिए। उनले भने,’पहिलो दिन पुजार सार्कीले उत्साहजनक ओपनिङ गरेको छ। बिहीबारका शोहरू हाउसफुल थिए, तर कलेक्सन भोलिमात्रै सार्वजनिक गर्नेछौं।’

पुजार सार्कीका मुख्य कलाकारहरू पनि बिहानदेखि उपत्यकाका हलहरूमा दर्शकहरूसँग भेटघाट गर्न पुगेका थिए, जहाँ उनीहरूले फोटो खिचाउँदै खुसी साटेका थिए।

‘पुजार सार्की’ मा आर्यन सिग्देल, प्रदीप खड्का, र पल शाह मुख्य भूमिकामा छन्। यस फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूको साझा संघर्षको कथा प्रस्तुत गर्दछ। फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ।

फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। भुसालले एक दर्जन चलचित्रमा संगीत दिएपछि पहिलो पटक फिल्म निर्माण गरेका हुन्।


ताजा समाचार