नेपालमा कोरोनाका ‘केपी’ सब–भेरियन्ट पुष्टि

काठमाडौँ। नेपालमा नयाँ कोरोना भाइरसको सबभेरियन्ट पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले कोरोना भाइरसको ‘ओमिक्रोनु नयाँ सबभेरियन्ट अन्तर्गत ‘केपी-१’, ‘केपी-२’, ‘केपी-३’, र ‘केपी-४’ पुष्टि गरेको छ।

परीक्षणमा ४० जनाको नमुना लिएर ‘केपी-१’ मा १२ जना र ‘केपी-२’ मा १७ जना पुष्टि भएको छ। त्यसैगरी १/१ जनामा ‘केपी-३’ र ‘केपी-४’ पुष्टि भएको थियो। ४० जनामा गरिएको नमुना परीक्षणमा ‘जिएन १’ मा ७ जना र ‘बिए २’ मा २ जना पुष्टि भएको पनि जानकारी छ।

र्यान्डम स्याम्पलिङ विधिबाट केहि महिनाको कोरोना पोजिटिभ आएका ४० जनामा नमुनाको ुजिन सिक्वेन्सिङु गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी-१ र केपी-२’ पुष्टि भएको छ।

वैज्ञानिकहरूले दिर्घकालिन रोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले दिर्घकालिन रोगीहरू र वृद्धावस्थालाई विशेष सावधानी अपनाउन सुझाव दिएका हुन्। ‘कडा छैन भनेर हेल्चक्राई गर्न भएन,’ उनले भने, ‘दिर्घकालिन रोगीहरू र वृद्धावस्थालाई विशेष सावधानी अपनाउनुपर्छ, जसका लागि परिवारको जसको सदस्य भिडमा जानु पर्छ, उहाँले कोरोनाको स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ।’

डा। पुनका अनुसार ‘केपी-१’ र ‘केपी-२’ ले बाहिरी मुलुकमा खासै असर गरेको देखिएन। ‘गत सातादेखि हेर्दै छु, सिंगापुर र चीनमा व्यापक फैलिएको थियो,’ उनले भने, ‘कडा देखिएको छैन, तर संक्रामक छ। वृद्धावस्था र दिर्घकालिन रोगीहरूलाई जोखिम हुन सक्छ, उनीहरूले यसलाई विशेष ध्यान दिनुपर्छ।’ उनका अनुसार भाइरसका सबभेरियन्टहरू विभिन्न हुन्छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो पटक पुष्टि भएको ओमिक्रोनका सबभेरियन्टहरू पनि सामान्य भएको बताएका छन्। ‘भाइरसहरू विभिन्न देखा पर्छन् तर कुनै स्वास्थ्यका लागि हानिकारक हुन्छन्, कुनै हुँदैनन्,’ उनले भने, ‘स्वास्थ्यका लागि हानिकारक छ भने बाहिर ल्याउँछौँ, खोपले काम गरेकाले स्वास्थ्यमा खासै असर पुर्‍याउँदैन, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ।’

कोरोनाको स्वास्थ्य मापदण्ड (मास्क लगाउन, हात धोउन, भिडबाट टाढा रहन लगायत) पालन गरेमा कोरोनामात्रै नभई अन्य विभिन्न संक्रामक रोगबाट जोगिन सकिने चिकित्सकको सल्लाह छ।


ताजा समाचार