राम जन्मभूमि विवाद: जनकपुरमा विश्वहिन्दू परिषद्को प्रदर्शन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विषयलाई लिएर प्रदेश नम्बर २ को जनकपुरमा विरोध प्रदर्शन सुरु भएको छ।

प्रधानमन्त्री ओलीले ‘अयोध्या धाम नेपाल मै छ, राम नेपाली हुन्’ भनेर अभिव्यक्ति दिएपछि नेपाल–भारतबीचको साँस्कृतिक, धार्मिक सम्बन्धमा आँच पुर्‍याएको भन्दै विश्वहिन्दू परिषदलगायतका विभिन्न धार्मिक संघसंस्थाहरुले शनिबार विरोध प्रदर्शन गरेका हुन्।

जनकपुरका रामानन्द चौकबाट निस्केको विरोध प्रदर्शन बाह्रविघा, जानकी मन्दिर, जनक चौक, भानु चौक, शिव चौक हुँदै रेलवेस्टेशनमा पुगेर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै हिन्दू युवा परिषद्का संयोजक सत्यम मुरारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको वक्तव्यले विश्वमा रहेका हिन्दूधर्मावलम्बीहरुको आस्थामा ठेस पुगेको बताए। सत्यमले भने– प्रधानमन्त्रीको भनाईले नेपालमा रहेको ९५ प्रतिशत ओमकार परिवारमाथिको प्रहार हो र नेपाल–भारतबीचको धार्मिक तथा साँस्कृतिक सम्बन्धलाई विगार्ने चष्टा गरिएको अभिव्यक्ति हो।

त्यस्तै विरोध कार्यक्रमलाई सम्बोधन गर्दै विश्वहिन्दू परिषद्, नेपाल महिला विभाग जिल्ला अध्यक्ष विज्यता झाले भनिन्– प्रधानमन्त्री ज्युले रामायण त पढ्नुभएको होला, ऐतिहासिक तथ्यलाई बङ्ग्याउने तर्क बुझिन्छ त्यो सरासर गलत छ।

झाले नेपालमा रहेका ९५ प्रतिशत ओमकार परिवारमात्र होईन, परापूर्वकालदेखि नेपाल–भारतबीचको सम्बन्ध धार्मिक तीर्थाटनले जोडिएको छ, मन्दिरको देश भनेर विश्वमा गनिएको नेपालमा विश्वबाट तीर्थयात्रीको रुपमा आरध्यदेव महादेव पशुपतिनाथको दर्शन गर्न आउँछन्, यो सम्बन्धलाई नविगार्दिन आग्रह गरिन्।


ताजा समाचार