बजेट मध्यपन्थी छ, राजस्वको अनुमान बढाउन सकिन्थ्यो : वाग्ले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा। स्वर्णिम वाग्लेले बजेटलाई मध्यपन्थी भएको टिप्पणी गरेका छन्। बजेटको आकार उल्लेखनीय रुपमा बढ्न सक्ने अनुमानबीच, अपेक्षाकृत थोरै वृद्धि भएको उनले प्रतिक्रिया दिएका छन्।

मंगलबार संसद्मा बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा वाग्लेले पूँजीगत खर्च ३ खर्ब २ अर्बबाट ३ खर्ब ५२ अर्ब पुर्‍याउनु सकारात्मक कदम भएको बताए।

‘दसैँ अघि नै योजना बनाएर अघि बढ्न सक्दा कार्यान्वयन नहुने पुरानो समस्या केही हदसम्म समाधान हुन्छ,’ वाग्लेले भने, ‘राजस्वको अनुमान १२ खर्ब ६० अर्ब राखिएको छ, जसलाई अझ बढाउन सकिन्थ्यो।’

उनले वैदेशिक अनुदानको लक्ष्य ५२ अर्ब राखिनु बढी भएको बताए भने स्रोत पूर्तिका लागि ५ खर्ब १७ अर्ब रुपैयाँ ऋण लिने योजना अत्यधिक रहेको टिप्पणी गरे।

अर्थतन्त्रको आकारको ९ प्रतिशत ऋण लिने व्यवस्था अत्यधिक भएको वाग्लेले बताए।

सरकारले राखेको पाँच प्राथमिकताका आधारमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने वाग्लेले आंकलन गरेका छन्।


ताजा समाचार