टी–२० विश्वकप : नेपाल र नेदरल्यान्ड्सको खेलमा नेपाली फ्यानको साथ (फोटो फिचर)
अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भए तापनि, नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर हुटिङ गर्ने फ्यानहरूले संसारको ध्यान खिचे।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएर जित हासिल गर्यो। नेपालको प्रत्येक बलमा फ्यानहरूको हुटिङले विश्वभरका क्रिकेट समर्थक र मिडियाको ध्यान खिच्यो।
अमेरिकाको टेक्सासको डालासमा हाल एक लाखभन्दा बढी नेपालीहरू बसोबास गर्दैछन्। अन्य राज्यहरूबाट पनि नेपालीहरू आफ्नो टोलीको खेल हेर्न मैदानमा पुगेका थिए। नेपाली समर्थकहरूको जोश र उत्साहले खेलको माहोललाई अझ रोमाञ्चक बनाएको थियो।